कञ्चनपुरको डोकेबजार क्षेत्र गएरातिदेखि पूर्ण रुपमा बन्द


कञ्चनपुर । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशभरका धेरै बजार, टोल र पसलहरु बन्द भइरेका छन् । यसैबीच कञ्चनपुरको डोके बजार र आसपासका क्षेत्रपनि गएराति १२ बजेदेखि पूर्ण रुपमा बन्द भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्देशनमा गएराति १२ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म बजार र आसपासका क्षेत्र पूूर्ण रुपमा बन्द गरिएका छन् ।

भारतबाट आउने सिमा नाका भएकाले भारतबाट नेपाल प्रवेश गर्नेले व्यापार व्यवसाय गर्न निषेध गर्नका लागि बजार बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले पनि भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्नेको संख्या त्यतिकै छ ।

बजार क्षेत्र भएकाले भिडभाड हुने र कोरोनाको जोखिम बढ्ने भन्दै बजार बन्द गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार