काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै ३७७ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ७७ जनामा कोरोना देखिएको हो ।
जसमध्ये काठमाडौंका २७०, ललितपुरका ६६ र भक्तपुरका ४१ जना रहेका छन् ।