कञ्चनपुरमा उच्च ज्वरोका कारण दुई सातामा ८ जनाको मृत्यु


कञ्चनपुर । कञ्चनपुरमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो दुई सातायता जिल्लाको महाकाली नगरपालिका क्षेत्रमा उच्च ज्वरोका कारण ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाकाली नगरपालिका १ का १५ वर्षीया प्रकज चन्द, २५ वर्षीया मोहन दमाई, ३ का ७५ वर्षीया तुलसिंह थापा, ३८ वर्षीय रतन बुडा(मगर), ३० वर्षीय मान बहादुर सुनार, ४ का २१ वर्षीय प्रेम चन्द, ७ की १४ वर्षीया बालिका पुजा बोगटी र ५ का ६५ वर्षीय गम्भिर सिह भण्डारी रहेका छन् ।

१०३ डिग्री ज्वरो आएर उपचारका लागि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा गएका उनीहरुको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ । अहिलेसम्म उनीहरुको मृत्यु ज्वरोकै कारण हो, वा अन्य कुनै कारण हो भन्ने पत्ता लाग्न सकेको छैन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार