कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै टोखा नगरपालिका


काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरिएको भएपनि संक्रमितको संख्या भने बढ्दै गइरहेको छ ।

उपत्यकामा संक्रमित बढ्सँगै उनीहरुलाई राख्नका लागि आइसोलेसनको समेत अभाव हुन थालेको छ । तर काठमाडौंको टोखा नगरपालिकाले भने कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्दै आइरहेको छ ।

सुरु देखि नै कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्दै आइरहेको टोखामा अहिलेसम्म १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनाको मृत्यु भएको छ । ४५ जना कोरोनामुक्त भइसकेका छन् । छ जना नगरपालिकाको आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन् ।

संक्रमितको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ लगायतका काममा सक्रिय रुपमा लागिरहेको टोखाले संक्रमितको मनोबल उच्च पार्नुका साथै होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँको प्रोत्साहन भत्ता प्रदान गरिरहेको छ । नगरपालिकाले अस्पताल वा नगरपालिकाको आइसोलेसनमा बस्नेहरुका लागि प्रतिदिन ७५० रुपैयाँ बराबरको पौष्टिक खानाको व्यवस्था गरेको छ ।

त्यस्तै संक्रमितको कट्याक्ट ट्रेसिङ गर्ने, चेकजाँच गर्ने, स्वाब संकलन गर्ने लगायतका कामका लागि नगरपालिकाकै विभिन्न महाशाखालाई जिम्मा दिएको छ ।

नगरपालिकाले कोरोना संक्रमित देखिएको ठाउँमा घर घरमै गएर स्वाब संकलन गरीरहेको छ । यो काम अन्य स्थानीय तहका लागि निकै उदाहरणीय काम बनेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार