
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोशालामा गरिएको कोरोना परीक्षणमा काठमाडौंमा ३ सय ५० सहित ४ सय १५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंका ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।










