उपत्यकाका तीन प्रजिअको बैठक बस्दै, निषेधाज्ञा थप्ने नथप्ने जिम्मा गृहमन्त्रालयलाई दिने

काठमाडौँ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिदै छ ।

उपत्यकामा कोरोना संक्रमितको अवस्था र निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न काठमाडौं, भक्तपुर र ललिपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । उनीहरुले निषेधाज्ञा उपत्यमा थप गर्ने वा हटाउने भन्ने विषयमा गृहमन्त्रालयलाई जिम्मा दिने विषयमा पनि छलफल गर्ने छन् ।

त्यस्तै बैठकमा दुई सतादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय पनि गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार