
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरि पहिरोले घरहरु पुरेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा पहिरोले घरहरु पुरेको हो ।
पहिरोमा पुरिएर अहिलेसम्म तीन जनाको शव भेटिएको छ भने १७ जना अझै बेपत्ता भएका छन् । पहिरोले १८ घर पुरेको प्रहरीले जनाएको छ । पहिरोले सबै भन्दा धेरै घुम्थाङको नागपुजेमा क्षति भएको छ ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको बताइएको छ । पहिरोमा अहिलेसम्म कति क्षति भयो भन्ने एकिन जानकारी आउन सकेको छैन् ।
घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको छ ।










