
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा कैलालीमा ५६, कञ्चनपुरमा १३, बझाङमा २४, अछाममा २, डोटी र बैतडीमा १, १ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।











