काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थको रोटी सेक्ने बेला नभएको बताएका छन् । शुक्रबार प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै सिंहदरबार पुगेर पदबहाली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कसैले पनि स्वार्थको रोटी सेक्ने काम नर्गन आग्रह गरे ।
सबै राजनीतिक दलहरूलाई आ आफ्ना स्वार्थ छोडेर देशलाई कोरोना महामारीबाट जोगाउन उनले सबैसंग हातेमालो गरेर लाग्न आव्हान समेत गरे ।
“यस्तो बेलामा पनि देश, जनताप्रति चिन्तित नहुने र आफ्नो स्वार्थ प्रति चिन्तित हुने प्रवृत्ति विल्कुलै उचित होइन र यो स्वार्थको रोटी सेक्ने बेदा होइन”, प्रधानमन्त्री ओलीले भने ।
कोरोना महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिने बताउँदै उनले उपचारका लागि अत्याआश्वक स्वास्थ्य सामाग्रीको ब्यवस्थामा सरकारको ध्यान केन्द्रित हुने बताए ।
कोरोना रोकथाम वा स्वास्थ्य सेवाका नाममा कसैले भ्रष्टाचार गरेको पाइएमा वा अनुचित लाभ लिएको पाइएमा सरकार कडा रुपमा प्रस्तुत हुने उनको भनाई छ ।
प्रधानमन्त्री ओलीले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन समेत आग्रह गरे। संक्रमितको उपचारका लागि अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने समेत उनले बताए ।
महामारीको बेलामा जनतामा निराशा, भ्रमपूर्ण प्रचार गर्ने र सरकारका काम असफल पार्न खोज्ने त्यस्ता प्रवृति हावी भइरहेको उनले चिन्ता ब्यक्त गरे ।