‘राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलियो’– यादव


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनु भन्दा थप गिजोलिएको बताएका छन् ।

शुक्रबार दिउँसो संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा सञ्‍चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बर्हिगमन गरी बैकल्पिक सरकार गठनको प्रयास विफल हुँदा पुनः ओली नै प्रधानमन्त्री बनेपछि देश्को राजनीति थप अपठ्यारो मोडमा पुगेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले फेरी पनि संसद भंग गर्न सक्नेतर्फ संकेत गर्दै अध्यक्ष यादवले मुलुक अनिश्चिता र अन्यौलतातर्फ धकेलिन सक्ने आशंका ब्यक्त गरे ।

“मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र अपठ्यारोमा पर्दै गएको छ । जसले गर्दा लोकतन्त्र नै धरापमा पर्ने र आउँदो पुस्ताले दुख पाउने छ”, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार