
काठमाडौं । नेकपा एमाले भित्रको विवाद समाधानका लागि कार्यदल गठन गरिएको छ । बालुवाटारमा आइतबार सम्पन्न एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको वार्तामा दुबै सुमहबाट ५/५ जना नेता रखेर कार्यदल गठन गरिएको हो ।
कार्यदलमा अध्यक्ष ओली समुहबाट नेता सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समुहबाट डा. भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
कार्यदलले ३ दिनभित्र पार्टी विवादका सन्दर्भमा प्रतिवेदन बुझाउनुपर्ने धारणा आफूले राखेको नेता नेपालले संचारकर्मीलाई बताए । तर प्रधानमन्त्री ओलीले थप समय चाहिने धारणा राखेको उनले जानकारी दिए ।
शुक्रबार दुबै नेताबीच भएको वार्तामा अध्यक्ष ओलीले पार्टीका बिषयमा गरेका पछिल्ला निर्णय खारेज गर्दै २ जेठकै अवस्थामा पार्टीलाई फर्काउन सहमत भएपछि नेपाल समुह सहमतीमा आएको हो ।










