अचानक प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । देशको समसामयिक विषयमा पत्रकार सम्मेलन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । उनका अनुसार अहिले केहिबरेमा बालुवाटारमा पत्रकार सम्मेलन हुँदैछ ।

प्रधानमन्त्रीको अनुरोधमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीति फेरी तातेको छ । राष्ट्रपति प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी दलहरुले आपत्ति जनाइरहेका बेला प्रधाामन्त्रीले गर्न लागेको पत्रकार सम्मेलनलाक्षर्् अर्थपुर्ण मानिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार