राष्ट्रियसभा सदस्य जितेका डा. देवकोटालाई चुनावमा कस्ले थर्काए ?


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन जितेका डा। खिमलाल देवकोटाले आफुलाई चुनावका बेला थर्काएको खुलासा गरेका छन् ।
आइतबार सामाजिक संजालमा आफ्नो प्रतिकृया दिदै सांसद देवकोटाले आफुलाई चुनावबाट पछि हट्न कसैले फकाएको, कसैले थर्काएको बताएका हुन् ।

आफुलाई त्यस्तो भन्ने केही मान्छेहरुको आवाजको नै रेकर्ड गरेर राखेको र आवश्यक परेमा नाम खुलासा गर्ने उनले बताए ।

“व्यक्तिगत रुपमा मलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए, थर्काए। समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला । कसै कसैको त आवाज रेकर्डनै राखेको छु । तर म अडिग रहे”, उनले सामाजिक संजालमा लेखेका छन् ।

सम्पन्न चुनावमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पराजित गरेका डा. देवकोटाले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफु जस्ता ब्यक्तिहरुबाट केही सिक्नुपर्ने समेत बताएका छन् ।

सांसद डा. देवकोटा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी, एमाले (माधव नेपाल समूह) र जसपाको उपेन्द्र यादव पक्षबाट साझा उम्मेदवार बनेका थिए । उनले एमालेको आधिकारिक उम्मेदवार गृहमन्त्री थापालाई १ हजार ७४ मतले पराजित गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार