
काठमाडौं । संसद विघटन खारेजीको माग गर्दै विपक्षी दलका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । कांग्रेस संसदीय दलको कार्यालय नयां वानेश्वरबाट विपक्षी दलका सांसदहरु केहिबेर अघिमात्रै रिट निवेदनसहित सर्वोच्च पुगेका हुन् ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित वहुमत सांसदहरु हस्ताक्षरसहित रिट निवेदन बोकेर अहिले सर्वोच्च अदालत परिसर पुगेका छन् ।
रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । देउवालाई माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समुह र एमालेको नेपाल समुहको साथ छ ।










