
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष कमल थापा आफ्नै पार्टीसंग बाक्क भएका छन् ।
पार्टीभित्र विवाद चलिरहेका बेला उनले आफ्नै सहकर्मीहरु लोभीपापी र अवसरवादी रहेकोको बताउँदै त्यस्ताको संगत नगर्ने बरु एक्लै हिड्ने बताएका छन् ।
शनिवार नेता थापाले टुइट गरेका छन् , “लोभीपापी र अवसरवादीहरुलाई बोकेर हिँड्दा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ। विगतमा धेरै गल्ती गरियो। अब मसँग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन। बरु एक्लै हिँड्छु, नकारात्मक सोच भएकाहरुसँग टाढै बस्छु ।”
प्रधानमन्त्री केपी ओलीसँग सहकार्य गर्ने पक्षमा रहेका थापालाई अध्यक्षद्वय पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीले असहमति जनाएपछि विवाद उत्पन्न भएको छ ।
राप्रपाले शुक्रबार केन्द्रीय निर्देशन समिति र केन्द्रीय बिशेष समिति गठनमा पनि विवाद भएको थियो ।
निकै घत लाग्यो।
लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ।
विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु
No compromise with 'viruses' https://t.co/GE8VFHAr4f— Kamal Thapa (@KTnepal) June 19, 2021










