
काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनालाई कारवाही गरेको छ । पार्टी छोडेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको माओवादीले जनाएको छ ।
पार्टीको आज बसेको आकस्मिक केन्द्रीय किमिटी बैठकले २ मेयरसहित १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए
उनकाअनुसार कारबाहीमा परेका मध्ये अधिकांश रौतहट र कैलालीका जनप्रतनिधि छन् । पार्टीको निति विपरीत गएको भन्दै माओवादीले ५ जना उपमेयरलाई पनि कारबाही गरेको छ









