केपी र विद्याले देशलाई संकटतर्फ धकेलेः देउवा

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीका कारण देश संकटमा परेको बताएका छन् ।
बिहीबार काठमाडौंमा सम्पादकहरुसंगको अन्र्तकृयामा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिका कारण संविधान समेत संकटमा परेको बताएका हुन् ।

“दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने, संविधानलाई कुल्चने काम भएको छ । यसले मुलुकलाई संकटमा धकेल्छ”, देउवाले भने ।

विभिन्न संचारमाध्यमहरुका सम्पादकहरुसंगको अन्र्तकृयामा काँग्रेस, माओवादी, एमालेको नेपाल समुह, जसपा, जनमोर्चा लगायत विपक्षी गठबन्धनको सहभागिता छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार