उपेन्द्र यादवले भनेः संसद पुनर्स्थापना हुन्छ, देउवा प्रधानमन्त्री बन्छन्

सप्तरी । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन् ।

सप्तरी पुगेका अध्यक्ष यादवले शनिवार संचारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

अध्यक्ष यादवले देउवालाई प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सर्वोच्चबाट परमादेश जारी गर्नेमा विपक्षी दलहरु विश्वस्त रहेको समेत बताए ।

केपी ओली नेतृत्वको सरकारले मधेसका कुनैपनि माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको उनको भनाई थियो ।

जनसंख्याको आधारमा समावेशी समानुपातिक प्रतिनिधित्व हुनुुपर्ने, भाषाको अधिकार, प्रदेश सरकारहरु ११ हुनुपर्ने लगायतका प्रमुख मागहरु मधेसका भएपनि त्यसमध्ये कुनै पनि माग संवोधन नहुँदै जसपाका पूर्व केहि नेताहरुले ओली नृतृत्वको प्रतिगमनकारी सरकारलाई सर्मथन गर्दै सरकारमा गएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार