देउवा र नेपालबीच वाचा: ‘माधवजीलाई कुनै धोका हुँदैन’-देउवा,‘माधव नेपाल धोका दिने मान्छे होइन’-नेपाल

काठमाडौं । विपक्षी गठबन्धका दुई शिर्ष नेताले एकअर्कालाई धोका नदिने भन्दै वाचा गरेका छन् । शनिवार गठवन्धनले आयोजना गरेका अन्र्तकृया कार्यक्रममा काँग्रेस सभापति शेर बहादुरले एमाले नेता माधव नेपाललाई सहकार्यमा कुनै धोका नहुने बताएका हुन ।

‘माधवजी लडाकू मित्र हो, उहाँलाई गठबन्धनको सहकार्यमा कँहि कतै कुनै धोका हुँदैन’, देउवाले भने ।

कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले पनि आफु धोका दिने मान्छे नभएको भन्दै देउवालाई विश्वास दिलाएका छन् ।
आफुलाई प्रधानमन्त्रीको अफर आइसकेको भएपनि विपक्षी गठबन्धनबीच जुन सहमती र प्रकृया अघि बढेको छ त्यसमा तलमाथि नहुने उनले बताए ।

‘शेरबहादुरजीलाई बीचैमा पत्तासाफ गर्नुस् र तपाई प्रधानमन्त्री हुनुस, भन्ने प्रस्ताव आइसकेको छ मलाई । माधव नेपाल त्यस्तो धोका दिने मान्छे होइन । जुन प्रक्रिया अगाडि बढेको छ, त्यहाँ धोका दिने पक्षमा छैन । हस्ताक्षर फिर्ता लिने पक्षमा छैन,’ नेपालले भने ।

संविधानको धारा ७६(५) अनुसार विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा देउवालाई प्रस्ताव गर्दा माओवादी, जसपाको उपेन्द्र यदव समुहको सर्मथनसहित नेपाल समुहका २६ सांसदले हस्ताक्षर गरेका थिए ।

तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै देउवालाई प्रधानमन्त्री नियुक्त नगरेपछि सर्वोच्च अदालतमा सरकार र राष्ट्रपतिलाई विपक्षी बनाउँदै गठबन्धले रिट दर्ता गराएको थियो । रिट दर्तामा पनि माओवादी, सजपा लगायत एमालेको नेपाल समुहका २३ सांसदको हस्ताक्षर थियो ।

सर्वोच्चमा अहिले उक्त मुद्धाको सुनुवाई चलिरहेकै बेला प्रधानमन्त्री केपी ओलीले एमालेको नेपाल समुहलाई अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन आग्रह गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार