
काठमाडौं । पूर्वमाओवादीका चारसहित थप आठ जनालाई नेकपा एमालेले स्थायी कमिटीमा थप गरेको छ । आज बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले आठ जनालाई स्थायी कमिटीमा थप गरेको हो ।
पूर्वामाओवादीका तर्फबाट रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी रहेका छन् । त्यस्तै, माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई पनि बैठकले स्थायी कमिटी सदस्यमा थप गरेको छ ।










