
काठमाडौं । नेकपा एमाले केन्दीय कमिटीको १३ औं बैठकले माधव पक्षका सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । आफ्ना २३ निवर्तमान सांसदलाई सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।
दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने प्रस्ताव पारित गरेको थियो ।
उक्त प्रस्ताव बैठकमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पेस गरेका छन् । महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको छ ।
राष्ट्रपतिले संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भएपछि नेपाल समूहका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । उनको पक्षमा १४९ सांसदले हस्ताक्षर गरेका थिए ।










