एमाले बैठकले साउन २५ मा विधान सम्मेलन गर्ने निर्णयसँगै आगामी बैशाख ३० गते महाधिवेशनको प्रस्ताव


काठमाडौं । नेकपा एमालेले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्दीय कमिटी बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निर्वाचनसँग जुध्न गए आगामी २०७९ बैशाख ३० गते महाधिवेशन गर्ने प्रस्ताव पनि पेश गरेको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन् । यसअघि एमालेले मंसिर २ देखि ६ सम्मका लागि महाधिवेशन गर्ने भनिएकोमा अहिले सारेर वैशाख पुर्याउने प्रस्ताव गरेको हो ।

बैठकले असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका समेत बनेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार