एमाले कार्यदलको बैठक बस्दै, यी हुन् सहमतिका विषय


काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ । एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलले आफुहरु सहमति नजिक पुगेको बताएको छ ।

आजको बैठकमा एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलनलगाएतका विषयमा छलफल हुने बताइएको छ ।

एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही दिनदेखि निरन्तर रुपमा बसीरहेको छ । नेताहरुले आफूहरु सहमति नजिक पुगेसकेको बताए पनि केपी ओली र माधव नेपालबीच केही कुरा नमिल्दा अझै सहमति हुन सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार