
काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।
यता नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक पनि सिंहदरबारमा जारी छ । उनले बैठक जारी रहेकै बेला स्थायी कमिटी बैठक पनि बोलाएका बुझिएको छ ।
यता माधव नेपाल पक्षले भने ओली पक्षले बोलाएको स्थायी कमिटी बैठक बारे आफूहरुलाई जानकारी नभएको बताएको छ । आफुहरु स्थायी कमिटी बैठक बारे अनविज्ञ भएको एक नेताले बताएका छन् ।










