
काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका चार नेताले केन्द्रको दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन निर्वाचन आयोगले खारेज गरेकाे छ । आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरेकाे हाे ।
माओवादी केन्द्र छोडेर एमालेमा गएका राम बहादुर थापा बादल, टोपबहादुर रायमाझीलगायतका नेताले असार २३ गते निर्वाचन आयोगमा निवदेन दिएका थिए ।
निवेदनपछि नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत आयोग पुगेर उक्त निवेदनबारे के भइरहेको छ भन्ने बुझेका थिए। तर, निर्वाचन अयोगले भने उक्त निवेदन खारेज गरिदिएको छ ।










