
काठमाडौं । नेत्र विक्रम चन्द विप्लव समुहका केन्द्रिय नेता हेमन्तप्रकास वली सुर्दशन रिहा भएका छन् । बिहीबार सर्वोच्च अदालतले सुर्दशनलाई साधारण तारेखमा छोड्न आदेश दिएपछि उनि रिहा भएका हुन् ।
न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
सुर्दशनले विप्लव समहुले नै नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट गराएको स्विकार गरेपछि उनिमाथि हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी कसुरमा जिल्ला अदालत ललितपुरले २०७६ जेठ १० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
त्यसविरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए । वलीनेता सुर्दशन हाल मुटुको उपचारका लागि शहीद गंगालाल राष्ट्रिय मुटुरोग केन्द्रम उपचाररत छन् ।
यसैबीच, विप्लवले हिजो मात्रै माओवदी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्ना नेता तथा कार्यकर्ताको रिहाईका बिषयमा छलफल गरेका थिए । विप्लवले आज पनि अध्यक्ष प्रचण्ड र नेता माधव नेपालसंग पनि भेटवार्ता गरेका छन् ।








