
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
चिनीयाँ राजदूत यान्छी प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएकी थिइन् । भेटका क्रममा यान्छीले चीन सरकारले नेपालका लागि थप १६ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएकी छन् । उनले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी दिएकी हुन्।
यसअघि चीलेन नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।











