कैलालीको धनगढी उपमहानगर-१ को वडाध्यक्षमा कांग्रेसका मुडभरी विजयी

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार सन्तोष मुडभरीले १ हजार १८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

मुडभरीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स्वतन्त्र उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन् । वडामा जम्मा ४ हजार २८६ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार