
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठले प्रधानमन्त्री शेरबादुर देउवालाई विश्वासको मत दिने सांसद एमालेमा नहने निणर्य गरेको । ओली पक्षका नेताहरुको सहभागितामा आज बिहान बसेको स्थायी कमिटी बैठकले पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसद पार्टीमा नरहने निर्णय गरेको हो ।
यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । तर, एमालेकै माधव पक्षका नेताहरुले भने देउवालाई विश्वसको मत दिने बताएका छन् ।
पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन नसक्ने ओली पक्षको घोषणा छ ।
सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६९५० अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।










