‘आगोसँग खेल्नु राम्रो होइन, हेप्न थालियो भने फेरी सल्किन्छ’– प्रचण्ड

ओलीलाई प्रचण्ड चेतावनी


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलनलाई नहेप्न आग्रह गरेका छन् ।

पुर्नस्थापना भएपछि पहिलो पटक आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आगोसंग नखेल्न पनि चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको संसदमा विश्वासको मत माग्ने प्रस्तावमा सर्मथन गर्दै बोलेका प्रचण्डले भने ‘आगोसँग खेल्ने कुरा राम्रो होइन, कति राम्रोसँग यो आगोलाई इनर्जीमा रुपान्तरणतिर ल्याइएको छ । यसलाई हेप्न थाल्नुभयो भने आगो फेरि सल्किनसक्छ । त्यहातीर कोहि पनि नजाउँ ।’

एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन विभाजित भएको देखेर यसलाई हेप्ने र मिच्ने हिम्मत नगर्न आग्रह गरे ।

निवर्तमान प्रधानमन्त्री ओलीको पद अदालतले भन्दा पनि उनको अहँकारले गएको प्रचण्डको भनाई छ । व्यक्तिगत अहंकार र दम्भ नराख्न समेत उनले आग्रह गरेका छन् ।

माओवादी आन्दोलन उत्पीडित समुदायको साझा आवाज भएको र त्यो आन्दोलनलाई नेतृत्व गर्ने आफूहरु जिउँदै रहेकाले मिच्ने आँट नर्गन पनि उनले आग्रह गरे ।

रातारात बैठक गरेर देशलाई अझैं दिशातर्फ लैजान खोजिको र संसदको पटक पटक हत्या गर्ने काम ओली सरकारबाट भएकाले आफुहरु एकजुट भएर त्यसको बिरुद्धमा लागेको प्रचण्डले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार