
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा देउवाले मागेको विश्वासको मतमा उनलाई १६५ मत मिलेको हो ।
देउवाको प्रस्तावमा मतदान का लागि २४९ सांसद उपस्थित थिए । जसमध्ये देउवाको प्रस्तावको पक्षमा १६५ र विपक्षमा ८३ जनाले मतदान गरे भने १ मत तटस्थ बसे।
प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जनमोर्चाका सांसदहरुले मत दिएका थिए । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका केही सांसदले समेत देउवालाई मत दिएका छन् ।












