माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु,कसलाई मन्त्री बनाउने भन्ने बिषय प्रमुख


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को स्थायी समिति बैठक सुरु भएको छ । बुधबार दिउँसो पार्टी कार्यलय पेरिस डाडामा बैठक शुरू भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए ।

बैठकमा पार्टीका गतिविधि, सरकारमा सहभागीता लगायतका बिषयमा छलफल हुने बताइएको छ । काँग्रेस नेतृत्वको सरकारमा पार्टीको तर्फबाट दुईमन्त्री पठाएको माओवादीले अन्य मन्त्रीहरु पठाउने बिषयमा बैठकमा घनिभुत छलफल हुने एक नेताले बताए ।

मन्त्रीका लागि आकाँक्षी धेरै भएपनि प्रभावकारी ढंगले काम गर्न सक्ने ब्यक्तिलाई सरकारमा पठाउने भन्नेबारे शिर्ष नेताबीच छलफल हुँदै आएको छ । मन्त्री बनाउँदा पटक पटक एकै ब्यक्तिलाई दोहोर्याउन नहुने आवाज पनि माओवादीमा चर्कोगरी गठिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार