भीम रावललाई भेट्न टोखा पुगे माधवकुमार नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीका उपाध्यक्ष भीम रावललाई भेट्न टोखा पुगेका छन् । आज साँझ रावललाई भेट्न  उनकै निवास टोखा पुगेका हुन्.।

यसअधि आजै आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठक बोलाएका नेपालले बैठकमा रावल नआएपछि उनलाई भेट्न निवासमै पुगेका बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।

तर, उनको राजीनामा भने स्वीकृत भएको छैन् । उनलाई ओली पक्ष नेताले समेत राजीनामा फिर्ता लिन अनुरोध गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार