हामी ऋण लिएर भए पनि जनतालाई खोप दिन्छौं– प्रधानमन्त्री देउवा (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने आफ्नो प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बोल्दै प्रधानमन्त्री देउवाले सरकारको पहिलो प्राथमिकता जनतालाई खोप दिने भएको समेत प्रष्ट पारेका छन्। ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं, प्रधानमन्त्री देउवाले भने ।

आफ्नो कार्यकाल अवधीमा देखिने गरी काम गर्ने समेत उनले बताए । बैठकमा प्रधानमन्त्रीलाई बधाई दिने सबै सांसदहरुलाई देउवाले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

भिडियो

https://www.facebook.com/anamolpost/videos/566607364354254

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार