नेपालले ओलीलाई भने, ‘सांगठनिक गतिविधि रोक्नुस’ तर ओली भन्छनः ‘पार्टीका काम रोकिँदैन’


काठमाडौं । नेकपा एमालेभित्रको विवाद अझै चर्किदै गइरहेको छ । फुटको संघारमा उभिएर पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल समुह एक अर्कालाई दोषापरोपण गरिरहेका छन् । यद्यपी पार्टी एकताका लागि नेताहरुबीच छलफल पनि जारी नै छ ।

यसैबीच, शुक्रबार नेपाल समुहले आफु निकटका केन्द्रीय सदस्यहरु डाकेर केन्द्रिय कमिटी बैठक सम्पन्न गरेको छ । बैठकमा नेपाल समुहले अध्यक्ष ओलीलाई पार्टी एकताको छलफल चलिरहेका बेला सांगठनियक गतिविधि रोक्न आग्रह गरेको छ ।

सम्पन्न बैठकले पारितको प्रस्तावअनुसार ओली समुहले जारि राखेको सदस्यता नवीकरण, अधिवेशन तयारी र सम्मेलन गर्नु जस्ता कार्यले पार्टी एकतालाई बिथोल्ने भन्दै तत्काल रोक्न भनेको छ ।

तर, यता अध्यक्ष ओली समुहले भने नेपाल समुहको उक्त प्रस्तावलाई अस्विकार गरिदिएको छ । ओली समुहबाट संचारमाध्यम आएका प्रतिकृयाअनुसार एकताका नाममा पार्टीका काम रोक्न नसकिने बताइएको छ ।

ओली समुहले अहिले विधान संशोधनबारे आफु निकट स्थायी कमिटीका सदस्यसंग छलफल चलाएका छन भने आगामी स्थानिय चुनाव लगायत राजनीतिक प्रस्ताव तयारका बिषयमा छलफल गरेको छ ।

दुबै पक्षका केन्द्रिय कमिटि बैठक र स्थायी समिति बैठकहरु आ आफ्नै ढंगले अघि बढेकाले पार्टी एकतामा भने अझ जटिल बन्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार