
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा केहिबेरअघि बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहका कुनैपनि केन्द्रिय सदस्यको सहभागिता छैन । फुटको संघारमा रहेको एमालेमा नेपाल समुह र अध्यक्ष केपी ओली समुह छुट्टा छुट्टै बैठक र छलफलमा छन् ।
आजै बिहान बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ। उक्त बैठकमा पनि नेपाल समुहका स्थायी कमिटी सदस्य सहभागी थिएनन् । केहि दिन अघि नेपाल समुहले आफु निकटका केन्द्रिय सदस्य भेला गर्दै पार्टी एकताका लागि पहल गर्ने र अध्यक्ष ओलीको कोर्टमा नै पार्टी एक्ताको बल रहेको निष्कर्श निकालेको थियो ।










