दुईदिनमै फेरियो माधव नेपालको पार्टी नाम, नयां नाम ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं । माधव नेपाल समुहले निर्वाचन आयोगमा दर्ता गरेको नयां पार्टीको नाम फेरिएको छ । आज निर्वाचन आयोग पुगेर पार्टीको नयां नाम ‘नेकपा एकीकृत समाजवादी’ राखिएको हो । उक्त समुहका नेता राजेन्द्र पाण्डेसहितको टोली आज आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि ‘नेकपा एमाले समाजवादी’ नाम राखिएकोमा उक्त नाम मुल पार्टीसंग जुघेकाले नयां नाम राखिएको नेपाल समुहले जनाएको छ ।

उक्त समुहले आफ्नो पार्टीको यसअघिको ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सो संख्या बढाएर ११५ समेत पुर्‍याइएको छ । पार्टीको चुनाव चिन्हबारे अझै निर्णय हुन नसकेको र छिट्टै टुंगो लाग्ने नेता पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार