अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता


काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डसंग भेटवार्ता गरेका छन्। नेपाल भ्रमणमा रहेका भाजपा नेता चौथाइवालेले आज प्रचण्ड निवास खुमल्टार पुगेर भेटघाट गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डसँग नेपाल र भारतसँगको सम्बन्ध विस्तारका साथै अन्‍य विषयमा खुलेर छलफल भएको चौथाइवालेले सामाजिकसंजाल ट्वीटरमार्फत जानकारी समेत गराएका छन् ।

यसअघि उनले हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग भेटघाट गरेका थिए ।

नेता चौथाइवालेले आजै विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास बाल्कोट पुगेर भेटवार्ता गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिने चौथाइवाले ओली सरकार ढलेर गठबन्धनको सरकार बनेपछि काठमाडौं आउनुलाई विभिन्न कोणबाट हेरिएको छ । उनि ८ महिनापछि फेरि काठमाडौं आएका हुन् ।

चौथाइवालेको ट्वीट पढ्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार