
काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नयाँ दल खोलेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । नेता महन्त ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु आफ्नो प्रस्तावित दल ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)’ को सनाखतका लागि आयोगमा पुगेका हुन ।
प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् । आयोगमा माधव नेपालको समुह पनि आफ्नो प्रस्तावित नयां दल ‘नेकपा एकीकृत समाजवादी’ को सनाखतका लागि आयोग पुगेका छन् ।
निर्वाचन आयोगले सनाखतका लागि दुबै दललाई आज दिउँसो २ बजेसम्मको समय दिएको छ ।










