
काठमाडौं । विवेकशील साझा पार्टीको विवाद चर्किदै गइरहेको छ । पार्टीका दुई बिचार समुहबीच मत नमिलेपछि विवाद चर्किर्दै गइरहेको हो । यसैबीच पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले फरक बिचार समुहका नेताहरुलाई कारबाहीको चेतावनी दिनु हाँस्यास्पद भएको बताएका छन् ।
आइतबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको विधान र घोषणापत्र विपरीत मिश्रले नै काम गरिरहेको आरोप समेत गराएका छन् ।
पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि नभएको बताउँदै संयोजक पाण्डेले पार्टीको लाइनभन्दा बाहिर गएर वक्तव्यबाजी गरेर मिश्रले उल्टै समानान्तर गतिविधि गरेको बताएका छन् ।
पाण्डेद्धारा जारि विज्ञप्तिमा भनिएको छ, “सम्झौतापत्र नै लत्याउने हो भने हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर बस्न सक्छौं ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला रु सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ । हामीमध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन।”
अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्ष खारेज हुनुपर्ने भन्दै अवधारणा सार्वजनिक गरेपछि त्यसको विरोधमा पाण्डे समुह शसक्त प्रतिवादमा उत्रिएको छ ।
पार्टी सिद्धान्त, बिचार, दृष्टीकोण, विधान विपरीत मिश्रले एकलौटी रुपमा संविधान विपरीत र प्रतिगमनको मुद्धा बोकेको भन्दै पाण्डे समुह विरोधमा छ । दुबै समुहले आ आफ्ना समानान्तर गतिविधि गरिरहेका छन् । जुन कार्यले पार्टी फुटको नजिक गइरहेको धेरैले अनुमान गरेका छन् ।
जारि विज्ञप्ति पढ्नुहोस











