
काठमाडौं । प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बसेको बैठक नेकपा एमालेका सांसदले चल्न नदिएपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
आइतबार बसेका दुबै बैठकमा एमालेका सांसदले नाराबाजी गरेका थिए । यसअघि भदौ २३ र २५ गते बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरी बैठक अवरुद्ध गरेका थिए ।
एमाले सांसदले पटक पटक बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले एमालेलाई संवादमा आउन आग्रह गरेका छन् । उनले संसदमै संवादको माध्यमबाट समास्या समाधानका लागि छलफल गर्नु पर्ने बताए ।










