अष्टलक्ष्मी शाक्यलाई मंचमै ओलीको जवाफः अझ फुटाउनलाई पार्टीमा माधवको आवश्यकता छ ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फेरि पार्टीमा बोलाएर पार्टी फुटाउन खोजेको भन्दै प्रति प्रश्न गरेका छन् । बिहीबार काठमाडौंमा आयोजिक एमाले काठमाडौँ जिल्ला कमिटीको विस्तारीत प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई यस्तो प्रश्न गरेका हुन् ।

सोहि कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले नेता नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी थिइन् । ‘माधव काम्रेड तपाई फर्केर आउनुहोस, पार्टी सुध्रिढ बनाउन तपाईको आवश्यकता छ’, शाक्यले भनेकी तिइन् । जसको जवाफ अध्यक्ष ओलीले यस्तो दिएका थिए ।

‘हुन त केहि साथीहरु अहिले पनि भन्नुहुन्छ, माधव काम्रेड आउनुस । अब फुटाउनलाई पार्टीमा उहाँको आवश्यकता छ ?’, अध्यक्ष ओलीको प्रश्न थियो ।

नेता नेपालले पार्टी सरकारमा हुँदा कुनै पनि राम्रो काम नगरेको ओलीको आरोप छ । ‘माधव जीहरुले पार्टी सरकारमा ३ बर्ष हुँदा केहि गर्नु भएन, उल्टै असहयोग गर्नुभयो, कहिल्यै पक्षमा बोल्नु भएन’, ओलीले भने ।

अध्यक्ष ओलीले नेपाल पक्षलाई पार्टीभित्रका सडेका र बिग्रेका तत्वहरुको संज्ञा समेत दिए । खराब तत्वले एमाले सिध्याउन खोजे पनि कार्यकर्ताले बचाएको समेत अध्यक्ष ओलीले दावी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार