
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक डाकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक भोली ८ गते बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बोलाइएको हो ।
बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गरिने सचिव तामाङले बताए । एमाले फुटेपछि उसले पार्टी गतिविधिलाई तिर्बता दिएको छ । अध्यक्ष केपी ओली स्वयम अहिले विभिन्न ठाउँका पार्टी कार्यक्रम, सभा गोष्ठीमा सहभागी भइरहेका छन् ।










