सम्बन्ध सुधारका लागि काँग्रेस टोली आज भारत जाँदै

काठमाडौं । भारतसंगको सम्बन्ध सुधारका लागि नेपाली काँग्रेसको टोली आज भारट जाँदैछ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणमा सत्तारुढ कांग्रेसको टोली आज भारत जान लागेको हो।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने काँग्रेसले जनाएको छ।

गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । नेपालमा रहँदा उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ । भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भारत भ्रमणको निम्तो पठाउने खबरहरु आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार