
काठमाडौं । आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ । सत्तारुढ दलहरुले मन्त्री छान्ने काम टुंगो लगाएपछि मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको हो ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको बताइएको छ । नयाँ मन्त्रीले आजै सपथ लिने छन् ।
गत असार २९ मा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन् ।










