परराष्ट्रमन्त्री खड्का भन्छन्ः अहिलेकै अवस्थामा एमसीसी पास हुन सक्दैन

विराटनगर । परराष्ट्रमन्त्री नारायण खडकाले अहिलेकै अवस्थामा एमसीसी पास हुन नसक्ने बताएका छन् । आज मोरङको विराटनगरमा संचारकर्मीहरुसंगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले नेपाली जनताको हितमा रहेर सम्पुर्ण राजनीतिक दलहरुको सहमतिमा मात्रै एमसीसी संसद्‌बाट पास हुने प्रष्ट पारे ।

केहि दिनअघि मात्रै सुदूरपश्चिमको कैलाली पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको र संसदबाट पास हुने बताएका थिए । जुन अभिब्यवक्तीको विरोध भइरहेको छ ।

परराष्ट्रमन्त्री खड्काले मुलुकमा अर्ली इलेक्सनको लैजाने कुनै सम्भावना नभएको बताएका छन्। राजनीति भनेको सम्भावनाको खेल रहेको बताउँदै उनले दलहरुबीच सहमति भयो भने चैत वा वैशाखमा अर्ली इलेक्सन हुन सक्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार