सांसद अपहरणको आरोप लागेका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल एमाले प्रवेश गर्ने तयारीमा


काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । एमाले नेतृत्वसँग पार्टी प्रवेश गर्ने सहमति भइसकेको स्थायी कमिटी सदस्य किरण गुरुङले संचारकर्मीलाई बताएका छन् ।

उनका अनुसार कात्तिक ९ गते हुने पार्टीको पालिका अधिवेशनपछि खनाललाई एमालेमा प्रवेश राइनेछ । खनाललाई गत बर्ष वैशाखमा सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्ने कार्यमा संलग्न भएको आरोप लागेको थियो । उनिविरुद्ध अपहरणको मुद्धा समेत दर्ता गरिएको थियो ।

तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा सांसद डा. यादवलाई नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक खनालको टोलीले जनकपुरबाट अपहरण गरी काठमाडौं ल्याएको समाजवादी पार्टीले आरोप लगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार