सर्वोच्च अदालतको आँगनमै वकिलहरुबीच कुटाकुट,भिडियो भाइरल

काठमाडौं । सर्वोच्च अदालतसंगै रहेको कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अधिवक्ताबीच कुटाकुट भएको छ । आज दिउँसो सर्वोच्चको आँगनसंगै जोडिएको बारको परिसरमा कानुन व्यवसायीहरु भूमिनन्द चुडाल र विराट न्यौपानेबीच कुटाकुट भएको हो ।

अधिवक्ता चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिइरहँदा अर्का अधिवक्ता न्यौपानेले उनीमाथि आक्रमण गरेका थिए । पछि दुबैजनाबीच कुटाकुट भएको भाइरल भिडियोमा देख्न सकिन्छ । निरन्तर इजलास वहिष्कार गर्दा सेवाग्राही मर्कामा परेको भन्दै अन्तर्वार्ता दिइरहेको बेलामा आफूमाथि न्यौपानेले कुटपिट गरेको अधिवक्ता चुडालको आरोप छ।

आफुलाई न्यायालयको विरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हालेको अधिवक्ता चुडालले भने संचारकर्मीलाई बताएका छन् । कुटाईबाट आफ्नो कोट पनि च्यात्तिएको उनको भनाइृ छ । उनले न्यायका लागि आफु कानुनी प्रक्रियामा जाने समेत बताएका छन् ।

पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बारले आन्दोलन गर्ने चेतावनी दिएको छ। न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन्। तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामाको पक्ष र विपक्षमा उभिएका छन् ।

भिडियो हेर्नुहोस

Please click the video link https://fb.watch/8XDDmeeDwn/

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार