
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि नै उनले राजीनामा दिएका हुन् ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बहुमत नपुगेकाले आफूले मुख्यमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
आचार्य भदौ १० गते मुख्यमन्त्री बनेका थिए । भदौ २५ गते एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै उनी अल्पमतमा परेका थिए । संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।










