
काठमाडौं । नेपाली कांग्रेसले कात्तिक २८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कात्तिक २८ गते दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई बोलाएका छ।
बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।










